हिन्दू र मुस्लिम समुदायले एकसाथ मनाउँदैछन् मोहर्रम « Khabarhub

हिन्दू र मुस्लिम समुदायले एकसाथ मनाउँदैछन् मोहर्रम


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– मुस्लिम र हिन्दू समुदायले आज (मंगलबार) सामूहिक रुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महिनाको  १० तारिखका दिन यो पर्व धुमधामका साथ मनान्छ ।

मुस्लिमको पर्व भए पनि कपिलवस्तुमा भने सदियौँदेखि यहाँका हिन्दूले समेत यो पर्व मनाउने गर्छन् । यो पर्वले दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको सामाजिक अगुवाहरुको बुझाइ छ । मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ ।

धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् ।

मुस्लिम र हिन्दू धर्मावलम्बीले उत्साहका साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री समेत बढेको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् ।

आजभन्दा १ हजार ४ सय ५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ११ : ०८ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको