सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन | Khabarhub Khabarhub

सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएका छन् ।
      
सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सडक तथा पुल निर्माण समयमा नहुँदा सङ्खुवासभावासीले दुःख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

उनले सङ्खुवासभाको बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।
      
‘पुल नहुँदा सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्ला नै होइन जस्तो भएको छ, सिलिचोङका जनताले साह्रै दुःख पाएका छन् । सिलिचोङ जोड्ने पुल निर्माणलाई तत्काल अगाडि बढाउनुहोस्’, मन्त्री खड्काले भने । उनले खाँदबारी–किमाथाङ्का सडक कालोपत्र गर्न उत्तरी क्षेत्रमा बजेट अभाव हुन नदिन चीन सरकारसँग छलफल गर्ने बताए  ।
      
भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोसी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए  । 

उनले हालसम्म खाँदबारीदेखि किमाथाङ्कासम्मको ४९ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए  । महानिर्देशक पोखरेलले सङ्खुवासभाका अन्य सडक तथा पुललाई पनि विभागले समयमै सम्पन्न गर्ने गरी काम गरिरहेको उल्लेख गरे । 

भेटमा सडक विभागका उत्तर–दक्षिण आयोजना निर्देशक नवीनमान श्रेष्ठ तथा विभागका कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकका योजना प्रमुख रामबहादुर गुरुङ सहभागी थिए । 
 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ४९ बजे

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र

स्पेनका लागि नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

स्पेन– स्पेनका लागि नेपालका  राजदूत शनिल नेपालले नरेश फेलिपे छैटौँ

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुग्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पर्वहरूले

पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा

यस कारण मनाइन्छ महाशिवरात्रि पर्व

काठमाडौं– आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि