सुदूरपश्चिम नीति तथा योजना आयोगमा २ जना सदस्य थपिए | Khabarhub Khabarhub

सुदूरपश्चिम नीति तथा योजना आयोगमा २ जना सदस्य थपिए


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगमा २ जना सदस्य थपिएका छन् । आयोगमा उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई जना सदस्य नियुक्त गरेको हो ।

नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्ण कुँवर रहेका छन्। सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो । नवनियुक्त सदस्यहरूले आजै शपथ ग्रहण गरे।

यसअघि मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।

यस्तै आयोगको सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए । भण्डारी काँग्रेस डडेलधुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् । 

प्रदेश मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको सदस्यमा आज २ जनालाई थप नियुक्त गरेको हो । त्यसपछि उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : २८ बजे

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि