राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकारः अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकारः अर्थमन्त्री पौडेल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको आज उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।

पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।

“अवसरवादसहित विविध कारण मुलुकमा छ÷छ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन”, उनले भने, “मुलुकको परिवर्तनका लागि, नागरिको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठनबन्धनबाट वर्तमान सरकार बनेको हो ।”

मुलुकमा यसअघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । उनले भने, “मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ ।”

आफ्नो जन्मभूमि स्याङ्जा भएको बताउँदै उनले यहाँको समग्र विकास, पूर्वाधार निर्माणका विषयमा रहेकाले क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभाका सांसद राजु थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्माकुमार अर्यालगायतले जिल्लाको समग्र विकास, निर्माणका विषयमा धारणा व्यक्त गरेका थिए ।

बिरुवा गाउँपालिकाको प्रशासकीय भवन कूल रु सात करोड ९९ लाख ७० हजार एक सय ८१ को लागतमा निर्माण सम्पन्न भएको हो । विंस २०७७ असार ३१ गते सम्झौता भएर निर्माण थालिएको भवन २०८० मङ्सिर २९ गते निर्माण सम्पन्न भएको हो । उक्त भवन २९ कोठाको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १० : १९ बजे

बनेपामा सकेट बम भेटियो, सुरक्षा सतर्कता बढाइयो

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट

जंगीअड्‍डाको गेटमा जेन-जीलाई माइकिङ : यसरी झगडा नगर्नु, ‘ग्रुप लिडर’को नाम ट्याक्क लेखेर हामीलाई दिने

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले दुईतिहाइको सरकारलाई सदुपयोग गर्न

काठमाडौं उपत्यकामा २७ गते बिहानसम्म कर्फ्यु आदेश जारी

काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

काठमाडौं – आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा