आज २०८१ साल फागुन ३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ३ गते शनिबारको राशिफल


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ३ गते शनिबार माघ शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। विपक्षी साथीसँग गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ। शत्रुबाट प्रसंसा हुने दिन छ।।

मिथुन : दिन सामान्य छ। परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ। सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ।

कर्कट : बोल्दा ख्याल गर्नुपर्ने दिन छ। व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको जोहो गर्नुहोला। पारिवारिक भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यले राम्रो साथ दिँदा मन प्रफुल्ल हुनेछ।

कन्या : आफ्नै राशीमा चन्द्रमा पुगेकाले बोलीको प्रभाव राम्रो हुनेछ। परोपकारका भाव मनमा आउनेछ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ। पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ।

तुला : आज तपाईंले शिक्षामा गरेको लगानीबाट मानसम्मान बढ्ने दिन छ। मित्र बढ्नेछन्। शत्रुको पनि सहयोग मिल्नेछ। परिवारमा समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

वृश्चिक : आयआर्जन बढ्नेछ। परिवारमा झगडा हुने भएकाले थोरै बोल्नुु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा समस्या भए सुृधार हुने देखिन्छ। काममा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ। परिवार भित्रबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मकर : शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। श्रमको फल प्राप्त हुनेछ। दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ। अध्ययनमा ढिलासुस्ती र आलश्य बढ्नेछ।

कुम्भ : बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ। साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ। परिवारको साथ भने मिल्नेछ।

मीन : आम्दानी भन्दा खर्च बढ्ने छ। मनमा भएका कुरा अरुसँग साट्नुु उचित हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। अध्ययनमा रुची बढ्नेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : ०३ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन