दामोदरकुण्ड–याकखर्क सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित | Khabarhub Khabarhub

दामोदरकुण्ड–याकखर्क सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१–८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई पाँच/पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो ।

घरपझोङ गाउँपालिका– २ मार्फादेखि धमाङ–आलुबारी–याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाँटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य बिकल शेरचनले जानकारी दिए ।।

‘भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ उनले भने, ‘दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ ।’

करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ती धमाङमा ठूलो स्याउ बगैँचा छ । परापूर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिबुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ ।

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरूलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौँरीकाे खर्क छ ।

हिन्दु र बौद्ध धर्माबलम्बीहरूको साझा तीर्थस्थल दामोदर कुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाँटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तीर्थयात्री र पर्यटकहरूलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनको भनाइ छ ।

गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउन १०/१० करोड बजेटको योजना सुरु भएको थियो ।

रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ ।

दुई वटै योजना ठेक्का मार्फत निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए । 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ३५ बजे

दशैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

बैतडी– हिन्दु नेपालीहरूको मुख्य चाड बडादशैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

जनकपुरधाम– जेन-जी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख

थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरीले प्रहरी वृत थानकोटको

गत साता पहिरो गएको बजारमा हरियाली, १११ अंकले उकालो

काठमाडौं– अघिल्लो साताको बिहीबार १६०.३३ अंकले घटेको नेप्से आइतबार भने

आगजनीबाट ध्वस्त कांग्रेस केन्द्रीय कार्यालयमा सरसफाइ (तस्बिरहरू)

काठमाडौं– गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा