नेपाल एपीएफ अस्पतालद्वारा विभिन्न व्यक्तित्व सम्मानित | Khabarhub Khabarhub

नेपाल एपीएफ अस्पतालद्वारा विभिन्न व्यक्तित्व सम्मानित


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपीएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पुर्‍याएबापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकी सम्मानित भएका छन् । बुढाथोकी मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुन् ।

अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा. बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

सोही कार्यक्रममा महानिरीक्षक अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गरेका थिए ।

सो अवसरमा यसवर्षको ‘आइजी एपीएफ कमन्नडेशन’ सशस्त्र प्रहरी नायब उपरीक्षकत्रय उमेश कँडेल, डा. आशिष थापा र अपूर्व श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल एपीएफ अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी राष्ट्र सेवकलाई सो सम्मान अर्पण गरिन्छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ‘नेपाल एपीएफ अस्पताल’मा थप पूर्वाधार, जनशक्ति र उपकरण विस्तार गर्दै स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उत्कृष्ट स्थल बनाइने जानकारी दिए ।

नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रूपक महर्जनले अस्पतालको शय्या ३०० स्वीकृत भएको र यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनकार्य प्रारम्भ भइसकेको बताए ।

विसं २०५८ फागुन २ गते सशस्त्र प्रहरी बल हल्चोकमा एकजना चिकित्सकसहित पाँचजना तालिम प्राप्त जनशक्तिद्वारा सेवा सुरुआत गरेको अस्पतालले विसं २०६० चैत ७ गतेबाट ११० शय्या सञ्चालन गरेको छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ०७ बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल