यसरी शुरु भयो इन्द्रजात्रा (फोटोफिचर) | Khabarhub Khabarhub

यसरी शुरु भयो इन्द्रजात्रा (फोटोफिचर)


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।

इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। हिन्दु धर्मावलम्बीहरूका प्रमुख चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मान्ने गरिन्छ ।

इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन छ ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेका बेला पक्राउ गरेको किंवदन्ती छ ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ । धार्मिक पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायतका स्थानमा यम्वो द्यो ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।

जात्रा विधि

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल शुरू हुन्छ।

 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १२ : ५० बजे

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 

काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी