किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण « Khabarhub

किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

डोल्पा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ ।

स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह/सहकारी/फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार ६ सय बिरुवा वितरण गरिएको छ ।

स्याउ जोन प्रभाव क्षेत्र ठूलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ३ र ४ का कृषकलाई गोल्डेन, रोयल, रेड डेलिसियस, रेड रिचाड जातका स्याउका कलमी बिरुवा वितरण गरेको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए ।

डोल्पा स्याउ खेती र सिमी खेतीको लागि उपयुक्त ठाउँ भएको हुँदा विशेष योजनाका साथ कार्यालयले काम गरिरहेको उनले बताए । मुड्केचुला र काइके गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागू भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा