संघीयता संस्थागत गर्न दलगत एकता हुनुपर्छ : गच्छदार | Khabarhub Khabarhub

संघीयता संस्थागत गर्न दलगत एकता हुनुपर्छ : गच्छदार


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित संघीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (मंगलबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संघीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए । उपसभापति गच्छदारले नेपाली कांग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिए । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ०० बजे

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको