उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य बुझ्न कीर्तिपुर पुगे राष्ट्रपति | Khabarhub Khabarhub

उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य बुझ्न कीर्तिपुर पुगे राष्ट्रपति


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पोखरामा भएको बेलुन विस्फोटपछिको आगलागीमा घाइते भइ उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान कीर्तिपुर बर्न अस्पताल पुगेर राष्ट्रपति पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा आगलागी हुँदा जलेर घाइते भएपछि काठमाडौं ल्याएर उपचारका लागि बर्न अस्पतालमा भर्ना गरिएको थियो । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ३० बजे

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिपी राजमार्ग दशैँमा पुनःमर्मत गरिँदै

काभ्रेपलाञ्चोक – एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।