चित्रबहादुरले भने- अमेरिकाले नेपालीलाई पनि हातखुट्टा बाँधेर फर्काउन सक्छ « Khabarhub

चित्रबहादुरले भने- अमेरिकाले नेपालीलाई पनि हातखुट्टा बाँधेर फर्काउन सक्छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अमेरिका अवैध रुपमा बसेका नेपालीलाई पनि भारतीयलाई जस्तै हातखुट्टा बाँधेर फर्काइदिन सक्ने बताएका छन् ।

अवैध रुपमा बसेका नेपालीहरू अब धमाधम फर्किने क्रम सुरु हुनसक्ने बताउँदै उनले आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

केसीले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर डिर्पोट गर्न लागेको बताउँदै यसबारे सरकारको बेलैमा ध्यान दिन जरुरी रहेको बताए ।

‘नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन् । नेपालीलाई पनि भारतीयलाई जसरी अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यसमा ध्यान नदिए विश्व समुदायमा नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । यदि अमेरिकामा गैरकानुनी रुपमा नेपाली लुकेका भए फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ५३ बजे

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।