चित्रबहादुरले भने- अमेरिकाले नेपालीलाई पनि हातखुट्टा बाँधेर फर्काउन सक्छ « Khabarhub

चित्रबहादुरले भने- अमेरिकाले नेपालीलाई पनि हातखुट्टा बाँधेर फर्काउन सक्छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अमेरिका अवैध रुपमा बसेका नेपालीलाई पनि भारतीयलाई जस्तै हातखुट्टा बाँधेर फर्काइदिन सक्ने बताएका छन् ।

अवैध रुपमा बसेका नेपालीहरू अब धमाधम फर्किने क्रम सुरु हुनसक्ने बताउँदै उनले आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

केसीले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर डिर्पोट गर्न लागेको बताउँदै यसबारे सरकारको बेलैमा ध्यान दिन जरुरी रहेको बताए ।

‘नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन् । नेपालीलाई पनि भारतीयलाई जसरी अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यसमा ध्यान नदिए विश्व समुदायमा नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । यदि अमेरिकामा गैरकानुनी रुपमा नेपाली लुकेका भए फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ५३ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार