सहकारीमा बदमासी- चालु वर्षमा मात्रै ५ अर्ब ११ करोड ठगी आरोपमा ४४ मुद्दा चलाइयो « Khabarhub

सहकारीमा बदमासी- चालु वर्षमा मात्रै ५ अर्ब ११ करोड ठगी आरोपमा ४४ मुद्दा चलाइयो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहकारी संस्थाको ५ अर्ब ११ करोड रुपैयाँ बचत हिनामिना तथा ठगी गरेको आरोपमा चालु आर्थिक वर्षमा मात्रै ४४ वटा मुद्दा दर्ता गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूसँग प्रत्यक्ष सवाल-जवाफका क्रममा यसबारे जानकारी दिएका हुन् ।

‘सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको छ’, उनले भने, ‘पहिले देखिएका समस्या विस्तारै समाधानोन्मुख छन्। सहकारी ठगीमा चालु आर्थिक वर्षमा मात्र नेपाल प्रहरीबाट ५ अर्ब ११ करोड ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता भइसकेका छन् ।’

सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ सरकारले जारी गरिसकेको पनि उनले बताए ।

‘जुन यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोशेढुङ्गा सावित हुनेछ’, उनले भने, ‘त्यसैगरी, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरी कार्यसम्पादन भइरहेको छ ।’

अर्को सवालमा प्रधानमन्त्रीले अनुचित लेनदेन (मिटर ब्याज) पीडितलाई न्याय र राहत दिने सम्बन्धमा यस समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्न जाँचबुझ गरी राय/सुझावसहितको प्रतिवेदन पेश गर्न गठन भएको आयोगमा दर्ता भएकामध्ये ५ हजार २ सय उजुरी फर्छयौट भइसकेका बताउ ।

उनले नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरू छानबिन गरी टुंग्याउने काम भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : २९ बजे

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।