पोखरामा बेलुन विस्फोटको अनुसन्धान गर्न ८ सदस्यीय समिति गठन | Khabarhub Khabarhub

पोखरामा बेलुन विस्फोटको अनुसन्धान गर्न ८ सदस्यीय समिति गठन


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार पोखरामा भएको ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटनमा बेलुन विस्फोटबारे ८ सदस्यीय छानबिन समिति गठन भएको छ ।

शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा उडाउन ठिक्क पारिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीसहित छन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यदेश छ । उक्त समितिमा विस्फोटक पदार्थ विज्ञसमेत राखिने पोखरा महानगरपालिकाले जनाएको छ । समितले आजैबाट काम थाल्ने छ ।

समितिले आइतबारबाटै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानबिन र आगामी दिनमा यस्ता कार्यक्रम गर्दा पूर्वशर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार बेलुकी नै गृहमन्त्री लेखक कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ११ बजे

जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील

सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत– सल्यानमा सोमबार मध्यरातमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं– इलाम र गुल्मीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । 

एपीएफलाई टाई ब्रेकरमा हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं– संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ

महाशिवरात्रि : पाँच लाख भक्तजन पशुपति आउने, दुई सेकेन्डमा १० जनाले दर्शन गर्ने

काठमाडौं– फागुन १४ गते महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर व्यवस्थापनमा