बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते | Khabarhub Khabarhub

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

आफन्तले गरे साँफे–मार्तडी सडकखण्ड बन्द


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी– बसको ठक्करबाट छोराको मृत्यु र आमा घाइते भएपछि आफन्तले साँफे मार्तडी सडक बन्द गरेका छन् । दोषी माथि कारबाही, उचित क्षतिपूर्ति र घाइतेको उपचारको मागसहित सडक बन्द गराएका हुन् । 

बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु भएको छ । 

भने मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय घाइते भएकी हुन् । बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र छोरालाई बसले ठक्कर दिएको हो । 

घाइते अवस्थामै उपचारका लागि बाजुरा जिल्ला अस्पताल ल्याइएका छोराको उपचारकै क्रममा मृत्यु भइसकेको छ । भने आमालाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो । 

गर्भवती समेत रहेकी मृतककी आमाको खुट्टा च्यापिएर गम्भीर चोट लागेको छ । धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले पसल अघि घाम तापेर बसीरहेका आमा छोरालाई च्यापेको हो । 

सडक बन्द गरेपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत जिल्ला जाने र बाजुरा सदरमुकाम मार्तडीसम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्त नवराज पाध्यायले उचित क्षतिपूर्ति सहितको माग गर्दै सडक बन्द गरेको बताएका छन् । 

घटना साँफे मार्तडी सडक खण्डमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा भएका हो ।

दुई हप्ता पहिलो मात्रै बुढीगंगा नगरपालिकामै बसकै ठक्करबाट एक जना बालकको मृत्यु भएको थियो । सडक छेउनजिकै राखिएका होटल पसलहरूमा बस्ने बालबालिका खेल्नका लागि सडकमा आउने र 

तीव्र गतिमा रहेका सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : २३ बजे

प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद्‍माथि

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक

जब मैदानमै रेफ्री कुट्न तम्सिए विदेशी खेलाडी (तस्बिरहरू)

काठमाडौं- केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा मैदानमै खेलाडीबीच घम्साघम्सी

नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा

सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

काठमाडौं–मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक