संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन | Khabarhub Khabarhub

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई फुटाइदिएको पनि उनले स्मरण गराएका छन् । तर अहिलेको सरकारले जनतालाई नै लक्षित गर्दै अध्यादेश ल्याउँदा विपक्षी दलहरूले भ्रम फैलाएको आरोप पनि आइतबारको संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा लगाएका छन् ।

प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराए ।

उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् ।

‘मेरै पार्टी फुटाउनका लागि यहाँहरूले अध्यादेश जारी गर्नुभएको होइन र ?’, उनले भने, ‘अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ पार्टी फुटाउन ल्याउन लागियो भनेर । कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।’

प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा माओवादी उपमहासचिव वर्षमान पुनले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० वैशाख २० गते सम्झिन आग्रह गरे ।

०८० वैशाख २० गते संसद् अधिवेशन आह्वान हुनु चार दिनअघि अध्यादेश ल्याएको स्मरण गर्न ओलीले वर्षमानलाई आग्रह गरे ।

‘२०८० वैशाख २० गते सम्झिन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिनअघि अध्यादेश ल्याएको थियो,’ ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने त्यो बेग्लै कुरा भयो ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : २४ बजे

सभामुखलाई ज्ञानेन्द्र शाहीले भने : जेन-जीका माग पूरा नभएसम्म संसद् पुनःस्थापना नगरौँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि

कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

गण्डकीं– कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौं–  काठमाडौं महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल

युवाहरू अघिपछि लगाएर राजबाघ महल पुगे ओली (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेकपा

बैंकहरूले सामाजिक उत्तरदायित्व बापतको खर्च जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको निम्ति गर्न सक्ने

काठमाडौं– बैंकहरूले सामाजिक उत्तरदायित्व बापत खर्च गर्ने रकम जेन-जी आन्दोलनका