कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ « Khabarhub

कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार साँझ करिब ५ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरमा एउटा सूचना आयो, एउटा व्यक्ति कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका छन् ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट विशेष टोली परिचालन भयो । टोली परिचालन भएको करिब डेढ घण्टा पछि, ७ बजे आसपास एकजना व्यक्ति पेस्तोलसहित पक्राउ परे ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भएका ३८ वर्षीय शम्भुप्रसाद साह छन् ।

प्रहरीका अनुसार साह एकजना व्यक्तिको ‘हत्या गर्न’ राजधानी काठमाडौं आएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले साह सोमबार नै भक्तपुर पुगेको बताए । एसपी प्रधानका अनुसार साह बीपी राजमार्गको बाटो भएर सार्वजनिक यातायात चढेर काठमाडौं आएका थिए ।

भक्तपुर ओर्लिएको करिब ३ घण्टापछि साह पक्राउ परेका एसपी प्रधानले बताए ।

‘उनले कसैको हत्या गर्ने योजना बनाएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी प्रधानले खबरहबसँग भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले साहको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ । प्रहरीका अनुसार साहले १ राउण्ड गोली पेस्तोलमा लोड गरिसकेका थिए भने ४ राउण्ड गोली खल्तीमा राखेका थिए ।

प्रहरीले उनी ‘सार्पसूटर’ भएको आशंकामा उनको ‘क्रिमिनल ब्याकग्राउण्ड’ (अपराधिक पृष्ठभूमि)को अध्ययन पनि थालेको छ ।

‘उनी यसअघि पनि कुनै घटनामा संलग्न थिए कि भन्ने आशंकामा उनको क्रिमिनल ब्याकग्राउण्ड पनि अध्ययन गरिरहेका छौं,’ एसपी प्रधानले भने, ‘अहिले सबै विषय अनुसन्धानकै क्रममा छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : ०७ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्