महेश बर्तौला भन्छन्- प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको मानमर्दन गरे « Khabarhub

महेश बर्तौला भन्छन्- प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको मानमर्दन गरे


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ट र भाइरल हुन सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका हुन् ।

बर्तौलाले प्रश्न सोध्दा सांसद साह शोभनीय ढंगले प्रस्तुत नभएको र संसद्को‍ नियमावलीविपरीत प्रश्न सोधको पनि दाबी गरे ।

यस विषयमा संसद्को‍ आगामी कार्यव्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनले बताएका छन् ।

बर्तौलाले प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिरपनि गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ४६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६