मधेस प्रदेशका गृहमन्त्री लेखीले गरे आमसंचार प्राधिकरण र चलचित्रबोर्डको कार्यालयमा अनुगमन  « Khabarhub

मधेस प्रदेशका गृहमन्त्री लेखीले गरे आमसंचार प्राधिकरण र चलचित्रबोर्डको कार्यालयमा अनुगमन 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले आज जनकपुरधाम स्थित कदमचौकमा रहेको आमसंचार प्राधिकरण र मधेस चलचित्रबोर्डको कार्यालयमा अनुगमन गरेका छन् । 

अनुगमनको क्रममा मन्त्री लेखिसंग मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल र मन्त्रीका राजनितिक सल्लाहकार कुन्दन झा पनि उपस्थित थिए ।

गृहमन्त्री लेखीले अनुगमनको क्रममा कार्यालयहरूको कार्यप्रणाली र प्रगतिको अवलोकन गरेका छन्। यस अनुगमनको उद्देश्य सेवा प्रवाहको स्तर, कर्मचारीहरूको कार्यसम्पादन र आम नागरिकलाई दिने सेवामा सुधार ल्याउने हो ।

गृहमन्त्री लेखीले अनुगमनको क्रममा संस्थाका प्रमुखसँग विभिन्न मुद्दामा छलफल गर्दै कार्यालयको व्यवस्थापनमा सुधारको आवश्यकता भएको कुरा उल्लेख गरे । उनले सरकारले जनतासम्म तदारुक र प्रभावकारी सेवा पुर्याउन आवश्यक कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुगमन कार्यकम पछि, गृहमन्त्री लेखीले भने, ‘समाजिक र सांस्कृतिक क्षेत्रमा सुधारका लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ। प्राधिकरण र चलचित्रबोर्डका कार्यहरूलाई अझ प्रभावकारी बनाउने पहल गरिने छ।’

मधेस प्रदेशका विभिन्न कार्यालयहरूको अनुगमनकार्यक्रम आगामी दिनमा पनि जारी रहने गृहमन्त्री लेखीले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा