परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबीच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत् भारतीय समकक्षी जयशंकरसँगको फलदायी भएको बताएकी छन् ।

‘आठौँ हिन्द महासागर सम्मेलनको छेउमा भारतका विदेशमन्त्री डा. एस. जयशंकर भेटवार्ता गरेकी छु’, उनले भनेकी छन्, ‘नेपालको विकास र व्यापार पारवहन तथा जलस्रोत विकाससम्बन्धी समस्यामा हालैका प्रगतिका लागि निरन्तर सहयोग गरेकोमा मैले धन्यवाद दिएकी छु ।’

उनले त्यसक्रममा भारतीय समकक्षी जयशंकर र आफूले नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्न जारी राख्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : १९ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६