परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबीच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत् भारतीय समकक्षी जयशंकरसँगको फलदायी भएको बताएकी छन् ।

‘आठौँ हिन्द महासागर सम्मेलनको छेउमा भारतका विदेशमन्त्री डा. एस. जयशंकर भेटवार्ता गरेकी छु’, उनले भनेकी छन्, ‘नेपालको विकास र व्यापार पारवहन तथा जलस्रोत विकाससम्बन्धी समस्यामा हालैका प्रगतिका लागि निरन्तर सहयोग गरेकोमा मैले धन्यवाद दिएकी छु ।’

उनले त्यसक्रममा भारतीय समकक्षी जयशंकर र आफूले नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्न जारी राख्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : १९ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६