नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक « Khabarhub

नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधनं) विधेयक’ले नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नागरिकतासम्बन्धी समस्याको पीडाबाट नागरिकलाई मुक्ति दिन विधेयक ल्याइएको बताए ।

“महिलालाई समान अधिकार दिन जरुरी छ, बुबा नागरिकता लिन जाँदा आमाको खोजी नहुने, आमा नागरिकता लिन जाँदा बुबाको खोजी हुने अवस्थालाई समानता भन्न सकिँदैन”, मन्त्री लेखकले भने, “नागरिकता प्राप्तिमा कसैलाई पनि विभेद नहोस्, लैङ्गिक समानताको सुनिश्चितता र नागरिकता वितरण प्रक्रियामा सहजीकरण होस् भनेर विधेयक ल्याइएको हो ।”

विधेयक पारित भएपछि तत्काल आवश्यक नियमावली, मापदण्ड र कार्यविधि बनाइने जानकारी दिँदै उनले लैङ्गिक विभेद नहुने गरी नागरिकता वितरण गरिने विश्वास दिलाए ।

गृहमन्त्री लेखकले नीतिगत सुधार, सेवा प्रवाह, आर्थिक उन्नति र समृद्धि सरकारको प्राथमिकतामा रहेको भन्दै मौजुदा कानुनलाई सरल र सहज बनाउन आवश्यक सबै कानुन संशाधेन गर्दै लगिने बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ३५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा