हलेसी बजारमा आगलागी | Khabarhub Khabarhub

हलेसी बजारमा आगलागी


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी बजारमा ग्यास पसल भएको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो ।

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ ।

आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ५५ बजे

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली– कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै