कांग्रेस नेता गिरीको आग्रह– सरकार बीपीले देखाएको बाटोमा हिँडोस् « Khabarhub

कांग्रेस नेता गिरीको आग्रह– सरकार बीपीले देखाएको बाटोमा हिँडोस्


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरिले नेपालको विकासका लागि पूँजीदावी र साम्यवादीभन्दा पृथक बाटो अंगाल्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता गिरीले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् ।

स्वर्गीय बीपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गर्दे नेता गिरीले सरकारलाई बीपीले देखाएको बाटोमा हिँड्न आग्रह गरे ।

‘कुनै पनि विकास, कुनै पनि समाजवाद, कुनैपनि साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुष्य साध्य हो । मनुष्य साधन होइन,’ गिरीले भने, ‘केही हुँदैन विकास हुँदैछ । दुईचारवटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाइँदैन । प्रत्यक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ ।’

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको उल्लेख गर्दै गिरील्े अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई गरे ।

‘विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पीएचडीलाई , डाक्टरलाई , बुद्धिजीवीलाई , विद्वानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु,’ गिरीले भने ।

संसदको विशेष समयमा बोल्दै सांसद अनिल कुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उहाँले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्वतयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : १२ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण