मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित | Khabarhub Khabarhub

मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसीप फुटबलमा लिभरपुलको अग्रता अझ फराकिलो बनाएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-१ ले हराएको हो। सो जितमा मोहम्मद सलह नायक बने।

घरेलु मैदानमा भएको खेलको १५ औँ मिनेटमा सलहको पासमा लुइज डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। यस अगाडि १० खेलमा गोल गर्न असमर्थ कोलम्बियाका डियाजले उल्भ्ससँगको खेलमा निर्णायक गोल गरेका हुन्।

त्यसको २० मिनेटपछि डियाजलाई फल प्रहार गरेपछि लिभरपुलले पाएको पेनाल्टीलाई सलाहले उपयोग गरे। सलह पछिल्ला चार खेलमा पाँचौँ गोल गर्न सफल भएका हुन्। उल्भ्सका लागि ६७ औँ मिनेटमा म्याथ्यु चुन्हाले गोल गरे।

यो जितसँगै लिभरपुल ८ अङ्कको अग्रता कायम गर्न सफल भएको हो। लिभरपुल ६० अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : १४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित