प्रधानमन्त्रीलाई सांसदको प्रश्न– कुन मुख लिएर जनताको बीचमा जाने ? « Khabarhub

प्रधानमन्त्रीलाई सांसदको प्रश्न– कुन मुख लिएर जनताको बीचमा जाने ?


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद रंगमति शाहीले सरकार आफ्ना कुनै पनि दायित्व निर्वाह गर्न प्रभावकारी रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकारले प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् ।

साइकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको सांसद शाहीको भनाइ थियो ।

सांसद शाहीले जनताको बीचमा जाँदा सरकारले गरेका कामबारे प्रश्न सोध्ने गरेको भन्दै आफूसँग जनतालाई दिन कुनै जवाफ नभएको टिप्पणी गरिन् ।

‘जनताको बीचमा जाँदा कुन मुख लिएर जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाउँ ?’ सांसद शाहीले भनिन्, ‘प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् । जनताले टिकट पाएका छैनन भनेर जाम कि ? मेलम्चीको पानी बगेर काठमाडौंका खाल्डा खुल्डीमा पानी भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाउ कि ?’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : ३४ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु