हात र घाँटीमा ब्यान्डेजसहित डिस्चार्ज भए अर्थमन्त्री (तस्बिरहरू) | Khabarhub Khabarhub

हात र घाँटीमा ब्यान्डेजसहित डिस्चार्ज भए अर्थमन्त्री (तस्बिरहरू)


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा बेलुन पड्किएर आगो सल्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।

कीर्तिपुर अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले पौडेललाई सोमबार डिस्चार्ज गरिएको बताए । पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ। पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका हुन् ।

पोखरामा महोत्सव उद्घाटनका क्रममा बेलुनमा आगो लागेर पड्किँदा दुवै हात र घाँटीको केही भाग जलेको थियो । उक्त जलेको घाउको उपचारपछि उनी सोमबार दिउँसो डिस्चार्ज भएका हुन् ।

‘उहाँहरू दुवै जनाको जलनको घाउ निको हुँदै गएको छ। फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले भनेको छ, ‘त्यसकारण उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ ।’

उच्च रक्तचापको समस्या झेलिरहेका मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने भएका छन् ।

‘मेयर आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको छ’, उनले भने, ‘थप केही दिन उपचार हुने जानकारी गराइन्छ । मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न बन्द गरिएको छ ।’

शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किँदा लागेको आगोले जलेर दुवैजना घाइते भएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : २५ बजे

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा