ट्रम्पविरुद्ध गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने  | Khabarhub Khabarhub

ट्रम्पविरुद्ध गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डा. गोविन्द केसीले अमेरिकी दुतावसा घेर्ने भएका छन् ।

ट्रम्प प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै केसीले दुतावस घेर्ने भएका हुन् । 

फागुन ६ गत मंगलबार दिउसो ३ः३० बजे केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने भएका बताए। 

पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू–राजनीति अस्थिर बनेको र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएकोविरुद्धमा समेत आन्दोलन गर्ने उनले बताए। 

अनाहकमा गत तीन वर्षदेखि रुसले छेडेको युद्ध बेहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनको लगायत अन्य छिमेकी राष्ट्रहरूको पनि अस्तित्व खतरामा परेको समेत केसीको ठहर छ। 

ट्रम्पले गरेको निर्णयहरूमाथि पुनर्विचारको लागि शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने केसीको तयारी रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : १६ बजे

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले