थोरै निक्षेप भएको स्टान्डर्ड चाटर्डले समेत गर्न सकेन कर्जा प्रवाह « Khabarhub

थोरै निक्षेप भएको स्टान्डर्ड चाटर्डले समेत गर्न सकेन कर्जा प्रवाह

निक्षेप संकलनमा ग्लोबल आइएमई अब्बल


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको सात महिनामा बैंकिङ क्षेत्रको व्यवसाय हेर्दा सबै वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न असफल देखिएका छन्‌ ।

नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको सीडी रेसियो ७९.३५ प्रतिशत मात्रै रहेको छ, जुन केन्द्रीय बैंकले तोकेको मापदण्ड भन्दा १० प्रतिशत कम हो ।

राष्ट्रिय वाणिज्य र स्टान्डर्ड चाटर्डको कर्जा प्रवाह सबैभन्दा कमजोर

तथ्यांकअनुसार; समीक्षा अवधिमा निक्षेप संकलनको तुलनामा राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा प्रवाह सबैभन्दा कमजोर देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चाटर्ड बैंकसँग निक्षेप क्रमशः ४२९.१४ अर्ब र ११४.८३ अर्ब रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा ती बैंकको क्रमशः ४४४.३७ अर्ब र १२४.४९ अर्ब निक्षेप पुगेको छ । तर, ती बैंकले क्रमशः २८३.५३ अर्ब र ८५.८७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकले तोकेको सीडी रेसियोको आधारमा ती बैंकको सीडी रेसियो क्रमशः ६३.९६ प्रतिशत र ६८.९७ प्रतिशत मात्रै रहेको छ ।

निक्षेप संकलनमा सबैभन्दा अगाडि ग्लोबल आइएमई

समीक्षा अवधिसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा अगाडि ग्लोबल आइएमई बैंक देखिएको छ ।

ग्लोबल आइएमई बैंकले समीक्षा माघ मसान्तसम्म ५२९.२० अर्ब निक्षेप संकलन गरेको छ भने ४३१.३४ अर्ब कर्जा प्रवाह गर्दै ७८.७७ सीडी रेसियो कायम गरेको छ ।

त्यस्तै, दोस्रो धेरै निक्षेप नबिल बैंकले ४९९.५४ अर्ब संकलन गरेको छ भने ४११.८३ अर्ब कर्जा प्रवाह गर्दै ८२.८४ प्रतिशत सीडी रेसियो कायम गरेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निक्षेप र कर्जा प्रवाहको अवस्था

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ४५ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन