क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो | Khabarhub Khabarhub

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

टोरन्टो – क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् ।

विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बिबिसीले जनाएको छ ।

डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ ।

विमान अमेरिकाबाट क्यानडा गएको हो । प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ । विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ०५ बजे

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य