पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आयोजना हुँदै « Khabarhub

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आयोजना हुँदै


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा विश्वविद्यालयले आफ्नो २०औँ दीक्षान्त समारोह आगामी फागुन ८ गते ९फेब्रुअरी २०, २०२५० मा पोखरा विश्वविद्यालय स्थित रहेको ढुंगेपाटन, कास्कीमा आयोजना गर्न लागेको बताएको छ । 

शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्ने उल्लेख गरेको छ । 

साथै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराईको उपस्थिति रहने जानकारी दिएको छ ।

उक्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित हुनेछन् भने ३० जना विद्यार्थीलाई विशिष्ट पदक र ७४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिने बताइएको छ । 

हाल देशभर रहेका विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धनप्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयले बताएको छ जसमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

पोखरा विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डर अनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्ने प्रक्रियाले विद्यार्थीहरूको आकर्षण बढाउन सफल भएको बताएको छ । 

यसको प्रमाण स्वरूप गत वर्षको तुलनामा ३८ प्रतिशतले विद्यार्थी संख्या वृद्धि भएको देखिएको जानकारी दिएको छ । विश्वविद्यालयले रोजगारी उन्मुख, बजारको माग अनुरूप उत्पादनमूलक र प्रविधिमा आधारित पाठ्यक्रम लागू गरेको बताएको छ । 

साथै शैक्षिक क्यालेन्डर अनुसार परीक्षा सञ्चालन र तीन महिनाभित्र नै परीक्षाफल प्रकाशन गर्ने निरन्तरता कायम राखेको जानकारी दिएको छ । यी प्रयासले विद्यार्थीहरूमा विश्वविद्यालयप्रति विश्वास र आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ । 

विश्वविद्यालयले शिक्षा, अनुसन्धान र समुदाय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको बताएको छ ।

उक्त दीक्षान्त समारोह विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूका लागि एक ऐतिहासिक अवसर हुने विश्वविद्यालयले विश्वास लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ४७ बजे

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज