नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य छैन : एनपी साउद | Khabarhub Khabarhub

सामाजिक सञ्जाल विधेयक

नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य छैन : एनपी साउद


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन् । 

नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताएका हुन् ।

‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘पत्रकारका आवाजहरु बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’

नेता साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पपत्रकारको भएको पनि बताए । ‘जनताका मुद्दाहरूलाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेस हो । पत्रकारले आफ्नो दायित्वलाई बिर्सन हुँदैन,’ उनले भने, ‘पत्रकार र राजनीतिक दलहरुले पैसा लिएका हुँदैनन् । संयमता र विवेक अपनाउन जरुरी छ ।’ 

नेपाल प्रेस युनियन जिम्मेवार बनेर अन्य संगठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउदको भनाइ थियो । 

‘सत्ता र सरकारलाई सीमा देखाउन सक्छ,’ उनले भने, ‘समाजलाई मर्यादित बनाउन प्रेस पनि मर्यादित र उत्तरदायी हुन आवश्यक छ ।’ 

नेता साउदले संसद्लाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए । 

‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौँ,’ उनले भने, ‘संसद्लाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ५१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका