प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराँती « Khabarhub

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराँती


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल-जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किराँतीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् । उनले सभामुख देवराज घिमिरेलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् ।

‘केही दिन पहिले प्रधानमन्त्रीसँगको सवाल-जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो, सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइरहेको होला,’ पूर्वमन्त्रीसमेत रहेका किराँतीले भने।

गत आइतबार सांसदहरूले प्रधानमन्त्री केपी ओलीसँग सवाल-जवाफ गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साटो प्रतिप्रश्न गरेका थिए भने सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका थिएनन्। किराँतीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए ।

 ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भने।

किराँतीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ५८ बजे

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल