कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन « Khabarhub

कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ ।अस्पतालमा

शल्यक्रियापछि बिरामीलाई राख्न उपलब्ध स्रोत साधनको प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो ।

यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष (आइसीयू) तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताइन्‌ ।

उनले अस्पतालमा हाल नसिङ जनशक्ति पर्याप्त रहेको र दैनिक आठ बिरामीको शल्यक्रिया गरिँदै आएको जानकारी दिइन्‌ ।

अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन् । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : २७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी