इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने « Khabarhub

इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।

राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्याङ्क अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् ।

‘चार्जिङ स्टेशनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जामा सङ्क्रमणलाई गति दिनु हो’, मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले भने ।

इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।

यसले वार्षिक रूपमा एक लाख टन कार्बनडाइअक्साइड उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ५२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि