च्याम्पियन्स लिगबाट बाहिरियो एसी मिलान « Khabarhub

च्याम्पियन्स लिगबाट बाहिरियो एसी मिलान


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसी मिलान च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। सानसिरोको घरेलु मैदानमा मंगलबार राति भएको दोस्रो लेग प्ले अफमा फियुनार्डसँग एसी मिलान १-१ गोलको बराबरीमा रोकिएको हो।

यसअघि पहिलो लेगमा फियुनार्ड १-० ले विजयी भएको थियो। खेलको ३६ औँ सेकेन्डमा स्यान्टियागो गिमिनेजको गोलमा मिलानले अग्रता लिएको थियो। सो गोल यस सिजनको च्याम्पियन्स लिगको सबै भन्दा छिटो गोल पनि हो। खेलको ५१ औँ मिनेटमा थियो हर्नान्डेजले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि मिलान सङ्कटमा परेको थियो।

खेलको ७३ औँ मिनेटमा फियुनार्डका जुलियन कारान्जाले बराबरी गोल गरे। फियुनार्डले दोस्रो चरणमा इन्टर मिलान र आर्सनल मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ०७ बजे

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको