चाइनिज ताइपेईविरुद्ध नेपाल २–० ले अघि « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपाल २–० ले अघि


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनीज ताइपेई विरुद्ध नेपालले दुई गोलको अग्रता बनाएको छ ।

ताइपेइमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउदै नेपालले गोल गर्न सफल भयो ।

पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रुपमा मैदानमा उत्रियो । उसले ५२ औं मिनेटमा पाएको मौकालाई फेरिपनि नेपाली डिफेन्सलाईनले क्लियर गर्यो । यसका साथै ५४ औं मिनेटमा ताईपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो ।

दोस्रो हाफमा एकोहोरो पेलेको ताइपेईले बारम्बार नेपालको पोष्टमा प्रहार गरे पनि नेपाली खेलाडीहरुले गोल हुनबाट बचाए । गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे ।

खेलको ६२ औं मिनेटमा नेपालले देस्रो गोल गर्यो । नेपालका लागि फेरि अञ्जनले गोल गर्न सफल भए । यहि प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० शुन्यले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ३६ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी