चाइनिज ताइपेईविरुद्ध नेपालको जीत, अन्जन बने नायक « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपालको जीत, अन्जन बने नायक


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेई विरुद्ध जीत हासिल गरेको छ ।

ताइपेइमा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपालको जितका लागि दुबै गोल अन्जन विष्टले गरे ।

खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप एक गोल गर्दै २–० को जित हासिल गर्न सफल भएको हो ।

ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले पहिलो गोल गर्न सफल भएको थियो । पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा आक्रामक रुपमा मैदानमा उत्रिए पनि गोल गर्न सकेन । उसका हरेक प्रहारलाई गोलकिपर किरणले बचाउ गरेका थिए ।

नेपालले खेलको ६२ औं मिनेटमा नेपालले देस्रो गोल गरेको थियो । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ५५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु