एलजीले ल्यायो डबल डिस्प्लेसहितको स्मार्टफोन, ३६० डिग्री घुम्ने « Khabarhub

एलजीले ल्यायो डबल डिस्प्लेसहितको स्मार्टफोन, ३६० डिग्री घुम्ने


२४ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विद्युतीय उकरण निर्माता कम्पनी एलजीले दुईवटा स्क्रिन भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ‘एलजी जी ८ एक्स थिन क्यू’ स्मार्टफोन जर्मिनीको बर्लिनमा चलिरहेको आईएफए २०१९ ट्रेड शोमा पहिलो पटक सार्वजनिक गरेको हो ।

दुई वटा स्क्रिन भएको यो मोबाइलको विशेषता भनेको आवश्यकताअनुसार यी दुई स्क्रिनलाई अलग गर्न पनि सकिन्छ । दुई स्क्रिनलाई एक विशेष किसिमको कभरको मद्दतमा टाइप– सी यूएसबी पोर्टमार्फत एकापसमा जोडिएको छ ।

यो नयाँ मोबाइलको बिक्री आगामी वर्ष अर्थात सन् २०२० बाट हुने बताइएको छ । यसको बिक्री मूल्यबारे अहिले कम्पनीले कुनै जानकारी दिएको छैन ।

एलजीको डुएल डिस्प्ले भएको यो पहिलो मोबाइल भने होइन । यसअघि दक्षिण कोरियाबाट एलजीले दुई वटा स्क्रिन भएको एलजी भी ५० मोडलको मोबाइल विश्वव्यापी रुपमा सार्वजनिक गरेको थियो ।

यो मोबाइललाई ३६० डिग्रीसम्म घुमाउन सकिने छ । सामसुङ ग्यालेक्सी फोल्ड स्क्रिनका कारण विवादमा रहेको अवस्थामा एलजीको फोल्डेबल स्क्रिन फोन यसका इच्छुकहरुका लागि विकल्पको रुपमा रहने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७६, मंगलबार  ७ : १३ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत