राज्यको उच्च ओहदामा बसिसकेकाले राष्ट्रिय दिवसको सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई | Khabarhub Khabarhub

राज्यको उच्च ओहदामा बसिसकेकाले राष्ट्रिय दिवसको सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नै पर्नेमा जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा बुधबार टुंडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्रीहरू उपस्थित नभएपछि भट्टराईले फरक राजनीतिक आस्था भए पनि राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नै पर्ने बताएका हुन् ।

‘राष्ट्रिय दिवसहरूबारे कतिपय सच्याउनु पर्ने कुरा छन् । तीबारे पुनर्विचार गरेर संख्या घटाउनुपर्छ भन्ने मेरो सुरूदेखि नै दृढ मत छ । तर, अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ,’ उनले एक्स (ट्विटर)मा लेखेका छन्, ‘खासगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आआफ्ना फरक राजनीतिक आस्थाका बाबजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नै पर्छ ।’\

उनले प्रजातन्त्र दिवसको अवसरमा राज्यद्वारा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरू उपस्थित नभएकाले आफूले नमिठो अनुभूति गरेको पनि उल्लेख गरेका छन् । 

‘फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा राज्यद्वारा सैनिक मञ्चमा आयोजित र शीर्ष ६ उपस्थित निकै आकर्षक कार्यक्रममा सरकार पक्षकै पूर्वप्रम तथा बहालवाला उपप्रमलगायतका वरिष्ठ व्यक्तित्वहरू र प्रमुख प्रतिपक्षी दलका नेता लगायतका पूर्व प्रमहरू (यो बबुरो बाहेक!) कोही पनि उपस्थित नभएको देख्दा निकै नमिठो अनुभूति भयो,’ उनले लेखेका छन् ।
 
उनले भनेका छन्, ‘यस पटक मात्र हैन प्रायः सधैँ यस्तो दृश्य देख्नु पर्दा मन खिन्न हुन्छ । आखिर किन यस्तो हुन्छ ?’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १० बजे

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका

काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन