प्रत्येक जिल्लामा कम्तीमा एक पालिका जित्ने एकीकृत समाजवादीको लक्ष्य « Khabarhub

प्रत्येक जिल्लामा कम्तीमा एक पालिका जित्ने एकीकृत समाजवादीको लक्ष्य


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो राजनीतिक कार्ययोजनाबारे छलफल गरेको छ ।

फागुन ८ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नका लागि तयार पारिएको राजनीति प्रतिवेदनमा आगामी राजनीतिक कार्यक्रमबारे मंगलबार र बुधबार छलफल भएको हो।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा समाजवादीले नेताहरूलाई ८४ मा हुने निर्वाचनमा आफ्नो कार्य क्षेत्रभित्र लक्ष्यसहित योजना अगाडि बढाएर कार्यान्वयन गर्न भनेको छ ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीति प्रतिवेदनमा हरेक प्रदेशले आफ्ना प्रदेशका कम्तीमा १० प्रतिशत संघीय र प्रदेश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने , प्रत्येक जिल्लाको कम्तीमा एक पालिका र हरेक पालिकाको एक वडामा विजय हासिल गरेर अगाडि बढ्न सकियो भने परिणाममुखी काम आउने भन्दै यो विषयलाई छलफलको विषय बनाइएको छ ।

अध्यक्ष नेपालले तयार पारेको प्रतिवेदनमा पार्टीले राष्ट्रियता जनजीविका, सुशासन र सामाजिक न्यायको पक्ष तथा समाजमा व्यक्त विकृतिविसंगति, अन्याय र अत्याचारको विरुद्ध आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिन पनि भनिएको छ।

यस्तै पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा विशेष योजना बनाई जनपक्षीय काम गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिने योजना बनाइएको छ । यस्तै दक्षिणपन्थी अवसरवादी र लोकतान्त्रिक लोकतन्त्र विरोधी कार्यको भण्डाफोर गर्ने समेत पार्टीको योजना छ।

अध्यक्ष नेपालले तयार पारिएको राजनीति प्रतिवेदन फागुन ८ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताइएको छ। अहिले यो प्रतिवेदन केन्द्रीय कमिटीलाई अध्ययन गर्नका लागि बाँडिएको छ तर सार्वजनिक भने गरिएको छैन।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ४४ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै