महासचिव भुसालले बनाए आन्दोलनद्वारा पार्टी निर्माण गर्ने समाजवादीको योजना | Khabarhub Khabarhub

महासचिव भुसालले बनाए आन्दोलनद्वारा पार्टी निर्माण गर्ने समाजवादीको योजना


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी कार्ययोजना बनाएको छ ।

केन्द्रीय कमिटी बैठकमा पेश गर्नका लागि बनाइएको उक्त योजनाबारे मङ्गलबार र बुधबार बसेको बैठकमा छलफल भएको थियो ।

आन्दोलनको संयोजन गर्ने जिम्मेवारी पाएका महासचिव घनश्याम भुसालले तयार पारेको कार्ययोजनामा चैत १५ गते भित्रमा केन्द्रीय तहमा सुझाव संकलन र विभिन्न कार्यक्रम गर्ने योजना बनाइएको छ।

आगामी स्थानीय तथा प्रदेश र सङ्घीय निर्वाचनमा आफ्नो पार्टीलाई आफ्नै खुट्टामा उभिने शक्तिशाली पार्टीका रूपमा विकास गर्नका लागि आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी योजना बनाइएको नेताहरूको भनाइ छ।

पार्टीलाई समग्र कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न सक्नेगरी विकास गर्नका लागि आन्दोलनद्वारा पार्टी निर्माण योजना बनाइएको महासचिव भुसालको दाबी छ ।

आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी कार्ययोजनामा सबै स्थानीय तह, प्रदेश र सङ्घबाट सुझाव संकलन गरेर समग्र सुझाव बनाएर चैत २० गते सरकारलाई मागपत्र पेश गर्ने योजना बनाइएको छ। यस्तै ०८२ वैशाख २० गते प्रदेश सरकार र पालिकामा आफ्ना मागहरू पेश गर्ने योजना एकीकृत समाजवादीको छ।

समग्र मागहरू पेश गरेर जेठ १० गते काठमाडौंमा प्रदर्शन गर्ने एकीकृत समाजवादीको योजना छ । भुसालद्वारा बनाइएको प्रतिवेदनमा जेष्ठ तेस्रो हप्ता सरकारले ल्याउन लागेको बजेट र आफ्ना मागहरूको विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराइने बताइएको छ।

स्थानीय तह र प्रदेशमा सुझाव सङ्कलन गर्दा समाजका अगुवा व्यक्तिहरू निर्वाचित जनप्रतिनिधि शिक्षक सामाजिक अभियन्ता खेलाडी कलाकार उद्यमी व्यवसायी र विभिन्न संघसंस्थासँग छलफल गरेर समस्या सङ्कलन गर्न भनिएको छ ।

यस्तै जनताका शोषणका रूपहरू पनि पत्ता लगाएर सम्भव भएसम्म घरदैलो अभियान नै चलाउन नेता तथा कार्यकर्तालाई भनिएको छ । भुसालले बनाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन। फागुन ८ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा बैठकबाट पास भएर मात्रै प्रतिवेदन सार्वजनिक भनिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : ०७ बजे

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।