नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह « Khabarhub

नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू क्याम्पस फर्कन र पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् ।

नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै मुख्यमन्त्री माझीले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने आश्वासन दिएका हुन् । उनले प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गर्ने प्रतिबद्धता समत व्यक्त गरेका छन् ।

केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव श्री मनोज आहुजा सहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल भएको थियो ।

यसका साथै, नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी थिइन् ।

आइतबार अपरान्हन रुपन्देहीकी प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत भेटिएपछि आन्दोलित नेपाली विद्यार्थीमाथि ज्यादती भएको थियो । उक्त प्रकरणमा कलेजका महानिर्देशकसहित अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : ५९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।