दैनिक पाँच हजार नेपाली महाकुम्भ जाँदै « Khabarhub

दैनिक पाँच हजार नेपाली महाकुम्भ जाँदै


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तीर्थयात्री जाने गरेका छन् ।

पुस २९ बाट सुरु भई फागुन १४ सम्म सञ्चालन हुने सो मेलामा जमुनाहा नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि गइरहेका पाइएको छ ।

गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्दा पापको प्रायश्चित्त भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रहेका कारण नेपालबाट पनि दैनिक पाँच हजारसम्म श्रद्धालु प्रयागराज गइरहेका इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए।

उनले सोही कारण केही दिनयता नाकामा ठुलो भिडभाड बढेकाले सुरक्षाका लागि प्रहरीले सीमा क्षेत्रमा थप व्यवस्था मिलाएको बताए ।

१४४ वर्षपछि लाग्ने यो महाकुम्भ आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला पुगेर स्नान गरेर आएको नेपालगन्ज–८ का अरुण श्रेष्ठले बताए । उनले महाकुम्भमा धेरै नेपाली भेटिएको जनाउँदै देशभरिबाटै नेपाली त्यहाँ पुगेका बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : २७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा