आज २०८१ साल फागुन ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ८ गते बिहीबारको राशिफल


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ८ गते बिहीबार फागुन कृष्ण पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। गोरखकाली पूजा । तदनुसार सन् २०२५ फेब्रुअरी २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धार्मिक अभियान्तासँग भेट हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। सुन्दरतामा ध्यान जानेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ। साथीको सहयोग मिल्नेछ।

वृष : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ।

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजाको प्रतिक्षामा भए राम्रो प्रगति हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। आफ्ना साथीले असहयोग गर्ने जोखिम छ। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ। काम गर्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ।

सिंहः स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। साथीको सहयोग मिल्नेछ।

कन्या : धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ काममा सक्रिय हुँदा खुशी मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने समय छ।

वृश्चिक : इज्जतका लागि खर्च गर्नुपर्ने समय छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

धनु : थोरै बोलेर काम गर्नुपर्ने समय छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर काम मात्र गर्ने समय आएको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीसँग सहकार्य गरेर अगाडि बढेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो छ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नुपर्ने समय छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ०९ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल