एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको आजका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको आज निधनपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आजका लागि तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको जानकारी दिए । बैठकका लागि नौवटा कार्यसूची तय गरिएको गरिएको थियो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ११ : ५० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका