ईशानेश्वर महादेव मन्दिर परिसरस्थित गौरीकुण्ड ओझेलमा « Khabarhub

ईशानेश्वर महादेव मन्दिर परिसरस्थित गौरीकुण्ड ओझेलमा


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

करापुटार– करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित दश लाख रुपैयाँ बजेटमा पुननिर्माण गरिएको हो । 

गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित कुण्डको शुभारम्भ गर्दै प्रदेश सरकार ऐतिहासिक स्थलको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।  

इतिहासकारका अनुसार पार्वतीको दोस्रो नाम गौरीले अभिषेक गरेर महादेव उत्पन्न भएको स्थानमा सोही कुण्डको पानी लिएर जल अर्पण गरिएको हुनाले सो कुण्डको नाम गौरीकुण्ड रहेको किम्बदन्ती पाइन्छ । 

जहाँदेखि श्रद्धालु भक्तजनले श्राद्धलगायत पूजापाठको लागि शुद्ध पानी लिएर महादेव मन्दिरमा चढाउने गर्दछन् । सन्तान नभएका महिला तथा पुरुष दुवैले शिवरात्रिको अवसरमा बत्ती बाल्ने प्रचलन छ र सन्तान प्राप्ति हुने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ । 

 मध्यनेपाल नगरपालिका–७ का वडाध्यक्ष हीराबहादुर गुरुङले आर्थिक मामिलामन्त्री गुरुङलाई ईशानेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेका थिए । 

सन्तानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भारत बङ्गलादेश लगायतका हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहने जनाउँदै नजिकिँदै गरेको शिवरात्रि पर्वलाई मध्यानजर गर्दै भक्तजनलाई सजिलोका लागि गौरीकुण्डको निर्माण सम्पन्न गरिएको महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए । 
 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ५७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी