नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड | Khabarhub Khabarhub

नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन्।

गोरखाको पालुङ्टार नगरपालिका-१० मा बिहीबारदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकको देश हो,’ नेपाल प्राकृतिक रूपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं। यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’

आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उनले दाबी गरे।

‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरेँ, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पीढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ। नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत् उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए।’

देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले वैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौँ नेपाली श्रमिक आबद्ध भइरहेको उनले बताए।

‘मैले नै गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरूले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको छु, गरे नहुने केही पनि छैन, नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो,’ उनले भने।

यति राम्रो सम्भावना हुँदाहुँदै पनि नेपालका गाउँहरू बिस्तारै युवाविहीन हुँदै गरेको र बाँझो बढ्दै गएको डरलाग्दो तथ्यप्रति गम्भीर हुनुपर्ने बेला आएको उनले बताए।

उनले आम जनताले आफ्ना छोराछोरीलाई विदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधारहरू बढ्दै गएको बताए।

कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलापमा वृद्धि गर्दै युवाहरूका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न आफ्नो पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि स्थानीय तहबाट समाजवाद निर्माणको ऐतिहासिक पहल अघि बढाउन थालेको बताए।

‘हामी पर्सीदेखि हाम्रो पार्टीले जितेका पालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरूको राष्ट्रिय भेला गरेर स्थानीय तहबाट समाजवादी अर्थतन्त्रको सुरुवातका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दैछौं,’ उनले भने, ‘स्थानीय विशेषताअनुसारको आर्थिक विकास नै समाजवाद निर्माणको जग हुने छ।’

पार्टीले लगत्तै जनतासँग माओवादी तराई-मधेश जागरण अभियान र वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु गर्न थालेको उल्लेख गर्दै यो देश जोड्ने अभियान हुने बताए।

 ‘हामी यी अभियानलाई औपचारिक कार्यक्रम मात्र होइन, पार्टीले अघि बढाएको समाजवाद निर्माणको कार्यक्रमको मुख्य पृष्ठपोषणको रूपमा लैजाने छौं,’ उनले भने, ‘देशभरिका सम्भावना र जनताको मनोविज्ञान उनीहरुले चाहेजस्तै आर्थिक विकासका कार्यक्रम जनस्तरबाटै सुरु गर्ने, आफ्नो वर्ग र समुदायमा फर्केर सुशासनका पक्षमा राष्ट्रिय एकता जागृत गर्ने अभियानको उद्देश्य हुने छ।’

गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष प्रचण्डले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताए। छिमेकी देशको भ्रमणका क्रममा समेत आफूले गोरखालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले चीनसँग गोरखामा एउटा कृषि औद्योगिक पार्क बनाउने समझदारी भएको पनि जानकारी दिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ०९ बजे

अमेरिकाले एमसीसी स्थगित गरिदिँदा कांग्रेस नेताहरू स्तब्ध !

काठमाडौं- दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै अमेरिकी सहायता

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु

एजेनसी– जर्मनीमा आइतबार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले

एकीकृत समाजवादीले भन्यो- ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारीको संरक्षक

काठमाडौं- नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरु सरकारवाट संरक्षित भएको आरोप लगाएको

मेयर भन्छन्- सुगरले घाउ निको हुन समय लाग्छ रे ! हात र घाँटीको ब्यान्डेज आज निकाल्छु

काठमाडौं– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कन अझै

युएसएडबाट सञ्चालित कार्यक्रमबारेका समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं– अर्थ मन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग युएसएडबाट