पोखरा बेलुन विस्फोटमा घाइते मेयर आचार्य डिस्चार्ज  « Khabarhub

पोखरा बेलुन विस्फोटमा घाइते मेयर आचार्य डिस्चार्ज 


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । 

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा मञ्चमा बालिएको क्यान्डलको झिल्का लागेर बेलुनको झुप्पा पड्किँदा घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। 

उनीसँगै घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भने २ दिन अघि नै डिस्चार्ज भइसकेका छन् । आचार्यको पनि स्वास्थ्यमा थप समस्या नदेखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्राध्यापक डा. शंकरमान राईले जानकारी दिएका छन् । 

मेयर आचार्यले पनि आफू डिस्चार्ज भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी अस्पताल प्रशाशनपति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : १३ बजे

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक

एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो

एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो

लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको