सातामा ४ दिन शेयर बजार खुल्दा ६५ अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

सातामा ४ दिन शेयर बजार खुल्दा ६५ अंकले बढ्यो नेप्से 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारका लागि यो सातालाई सुखद् लिन सकिन्छ । सातामा ४ दिन मात्रै शेयर कारोबार हुँदा पनि बजार हाफ सेन्चुरीभन्दा धेरै बढेको छ । 

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्तालाई खुसी दिने गरी बढेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २६७८.४७ विन्दुमा रहेकोमा यो साताको बिहीबारसम्म ६५.२७ अंकले बढेर २७४३.७४ विन्दुमा आएको हो । 

औसतमा हेर्दा दैनिक १६.३१७५ अंकले नेप्से बढेको देखिन्छ । नेप्सेको वृद्धि मात्रै नभई, कारोबार पनि राम्रो भएको छ । सातामा ३८ अर्ब ५८ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार हुँदा औसतमा दैनिक ९ अर्ब ६४ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

४ दिनको अवधिमा ७ करोड २९ लाख ३२ हजार ९१६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ८२ लाख ३३ हजार २२९ कित्ता कारोबार भएको छ । 

३ लाख ८४ हजार ९५१ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने ९६ हजार २३८ पटक किनबेच भएको छ । 

 कुन दिन कस्तो थियो बजार ? 

यो साता नेप्सेले आइतबार दोहोरो अंकको वृद्धिसहित सुरुवात गरेको थियो । नेप्से १९.५६ अंकले बढेर परिसूचक २६९८ विन्दुमा पुगेको थियो । 

उक्त दिन नेप्से ०.७३ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६९८.३१ विन्दु र न्यूनतम २६७५.९० विन्दु सम्म पुगेको थियो ।

आइतबारको परिसूचक उच्चतम र न्यूनतम विन्दु हेर्दा १७ अंकको उतारचढाव देखिएको थियो । कारोबार पनि उच्च भएको थियो ।

३०९ वटा कम्पनी कारोबारमा आउँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर ९६ हजार २८२ पटक किनबेच भएको थियो । 

दैनिक कारोबार कस्तो ?

बजार बढ्ने क्रम सोमबार पनि कायमै रह्यो । सोमबार नेप्से २९.८७ अंकले बढेर परिसूचक २७२७.९१ विन्दुमा पुग्यो । उक्त दिन नेप्से १.१० प्रतिशतले बढ्दा बजारमा ३८ अंकको उतारचढाव देखियो । 

सोमबार परिसूचक उच्चतम २७३८ विन्दु र न्यूनतम २७०० विन्दु सम्म पुगेको थियो । बजार बढेसँगै आइतबारको तुलनामा कारोबारमा पनि वृद्धि देखियो । ३०२ वटा मात्र कम्पनी कारोबारमा आउँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर १ लाख २ हजार ८६१ पटक किनबेच भयो । 

बजार मंगलबार पनि उकालो यात्रामै रह्यो । मंगलबार दिनभरमा बजार घटे पनि बजार बन्द हुँदा भने नेप्से १२.६८ अंकले वृद्धि भयो । उक्त दिन नेप्से ०.४६ प्रतिशतले बढ्दा परिसूचक २७४०.५९ विन्दुमा पुग्यो । 

बजारमा ३१ अंकको उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम् २७५७.३० र न्यूनतम २७५७.४३ विन्दुसम्म पुगेको थियो । 

बजार बढ्दा कारोबारमा भने सामान्य मात्रै वृद्धि देखियो । उक्त दिन कम्पनी भने बढी कारोबारमा आएको देखियो । ३१४ वटा कम्पनी कारोबारमा आउँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक किनबेच भयो । 

यस्तै बुधबार भने शेयर कारोबार भएन । प्रजातन्त्र दिवस भएकाले गर्दा सरकारले सार्वजनिक बिदा दिँदा बैंक तथा वित्तीय संस्था बन्द रहँदा नेप्से पनि बन्द भयो । 

एक दिन बन्द भएर बिहीबार खुलेको बजार बन्द हुँदा भने बढेरै बन्द भयो । साताको अन्तिम नेप्से ३.१४ अंकले मात्र बढेर २७४३.७४ विन्दुमा परिसूचक पुगेको थियो ।

उक्त दिन नेप्से ०.११ प्रतिशतले बढ्दा ३२ अंकको उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७५२.३५ विन्दु र न्यूनतम २७२०.६९ विन्दुसम्म पुगेको थियो ।  

साताको अन्तिम शेयर बजारमा उच्च अंकको उतारचढाव देखिँदा कारोबार भने २ अर्बको घटोत्तरी भयो ।

बिहीबार ३०९ वटा कम्पनी कारोबारमा आउँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता शेयर ८६ हजार २२३ पटक किनबेच भयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : २५ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका