आजको कार्टुन- पढ्न भारत गएका विद्यार्थीलाई डरैडर « Khabarhub

आजको कार्टुन- पढ्न भारत गएका विद्यार्थीलाई डरैडर


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  हजारौँ नेपाली विद्यार्थीका लागि नजिकको शैक्षिक गन्तव्य हो छिमेकी भारत । भारतका दक्षिणी राज्यदेखि सीमा जोडिएका राज्यमासमेत नेपाली विद्यार्थीको चाप छ ।

लाखौँ खर्चिएर नेपाली विद्यार्थीले खासगरी प्राविधिक शिक्षा भारतमा लिइरहेका छन् । तर भारतको एउटा विश्वविद्यालयमा आइतबार भएको घटनाले नेपाली विद्यार्थीका लागि सुरक्षा चिन्ता बढाएको छ ।

भारतको पिछडा राज्य मानिने ओडिसाको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा  मा आइतबार भएको रुपन्देहीकी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाले नेपाली विद्यार्थीलाई हेर्ने त्यहाँको दृष्टिकोण छताछुल्ल भएको छ।

एकजना भारतीय युवककै याताना र गालीका कारण तनावमा रहेकी प्रकृतिले होस्टेलकै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। यस प्रकरणको छानबिन माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीमध्ये करिब ७ सयलाई कुटपिट, दुर्व्यवहार र अपमानजनक गालीसहित कलेजकै प्राध्यापक र कर्मचारीले निकालेर रेलवे स्टेशनमा छाडिदिए ।

यो प्रकरण बाहिरिएपछि केआईआईटीले आफ्नो छवि नराम्ररी गुमाएको छ। अन्यायमा परेकी एक विद्यार्थीलाई न्याय दिने भन्दा अन्य देशका भनेर गरिएको अपमानका कारण नेपालीको चित्त दुखेको छ ।

यो प्रकरणमा नेपाली जनताको दबाब र सरकारले पनि आवश्यक कदम चालेकाले कलेजका उच्च अधिकारी पनि छानबिनमा तानिएका छन् । तर ठूलो सपनासहित भारत गएकी प्रकृति लाश बनेर फर्किएकी छन् भने सयौँ विद्यार्थी अब नफर्किने गरी अपमानको चोट बोकेर घर आएका छन् ।

भारतीय कलेजको यही अपमानजनक व्यवहार र अन्यायलाई झल्काउने गरी यो कार्टुनमार्फत् चित्रित गर्न खोजिएको छ । कार्टुनमा नेपालबाट गएका विद्यार्थीलाई स्वागत गर्न तयार भारत उताबाट शव बनेर फर्किन विवश बनाउन लागेको भनेर टिप्पणी गर्न खोजिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : १२ बजे

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ